अदानचुलीका १६५ सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता « Khabarhub

अदानचुलीका १६५ सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा प्रोत्साहनबापत पाउने  भत्ता नपाएको उनीहरूको भनाइ छ । 

गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन् । अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको दुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरीले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गरे । पटक–पटक स्वास्थ्य चौकीमा उक्त भत्ता माग्न जाँदा निकासा नआएको जवाफ पाउने गरेको बताउँदै सुत्केरी महिलाहरूले अब त माग्नसमेत छोडेको जनाएका छन् ।

सुत्केरीले चार पटक गर्भ जाँच गरेको चार सयका दरले एक हजार छ सय र प्रसूतिगृहमा सुत्केरी भएबापत तीन हजार प्रोत्साहन भत्ता गरी चार हजार ६ सय हालसम्म पाउन सकेका छैनन् । भत्ता श्रीनगर स्वास्थ्य चौकीबाट प्रसूति गृहबाट घर फर्कने बेला पाउनुपर्ने भए पनि हालसम्म पाउन नसकेको उनीहरूको भनाइ छ ।

श्रीनगर स्वास्थ्य चौकीका अनमी  सुस्मिता फडेराले सबै सुत्केरीले पाउनुपर्ने भत्ता सात लाख ५९ हजार छ । आफूहरूले भत्ता निकासाका लागि पटक–पटक गाउँपालिकालाई जानकारी गराए पनि निकासै नआएको उनको भनाइ छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आफू साउनमा मात्रै आएका कारण त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : ४० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष