अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दो « Khabarhub

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लमजुङ– चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । 

केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । उनले भने, ‘केही हप्ता अघिसम्म दैनिक ४०-५० जना पर्यटक आउने गरेकामा सो सङ्ख्या बढ्दै एक सय ५० जनासम्म दैनिक रुपमा आउने थालेका छन् ।

यस याममा विगतका वर्षमा दैनिक पाँच सयजनासम्म पनि आउने गरेका थिए, तर त्यति पर्यटक नआए पनि केही हप्ताअघिको तुलनामा पर्यटक वृद्धि भइरहेको उनको भनाइ छ । पर्यटक सङ्ख्या अझै बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन् । 

मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भने, ‘पर्यटक नआउँदा होटलको व्यवसाय सुस्ताएको थियो तर यतिबेला दैनिक आम्दानी बढ्न थालेको छ ।’ पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार यस पदमार्ग आसपासमा सैयौँ सङ्ख्यामा होटल व्यवसायहरु सञ्चालनमा छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यहाँ आउने पर्यटकमध्ये फ्रान्स, जर्मन लगायतका देशका नागरिक बढी छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्ग आसपासमा रहेको पर्यटन व्यवसायहीहरुले अन्नपूर्ण पदमार्गमा आउने पर्यटक गाइड बिना पनि आउन पाउने माग राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङ, मस्र्याङ्दी गाउँपालिकालगायत सम्बधित निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । 

मनाङ–लमजुङ होटल व्यवसायी समितिका उपाध्यक्ष खुशिराम गुरुङले भने, ‘केही समयअघि टानले गरेको निर्णयले एकल पर्यटक आउन रोकिएपछि व्यवसायसमेत घट्न थालेकाले सो निर्णय फिर्ता लिनका लागि विभिन्न निकायमा आज ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौँ ।’ 

यस्तो निर्णयले गाइड बिना आउन चाहने पर्यटकलाई पनि बढी पैसा खर्च हुने हुँदा पर्यटक अन्यन्त्र मोडिन थालेकाले व्यवसायीदेखि नेपाललाई नै घाटा हुने उनको भनाइ छ । मनाङदेखि लमजुङको होटल व्यवसायीहरूको संयुक्त हस्ताक्षरसहित उक्त माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : ४८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको