पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा पुग्यो सडक र खानेपानी « Khabarhub

पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा पुग्यो सडक र खानेपानी


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ । 

ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्‍याइएको हो । ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिए। 

ताराखोला गाउँपालिकाको रु १० लाख र गण्डकी प्रदेश सरकारको ७५ लाख लगानीमा सडक निर्माण गरिएको उनले बताए। तीन वर्षअघि सुरु भएको सडक निर्माणकार्य यसपालि सकिएको हो । सडक बनेपछि दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ । मङ्गला–५ देउरालीदेखि तिलचुले जोड्ने पाँच किलोमिटर सडकको मार्ग खुलेको र थप दुई किलोमिटर मार्ग खोल्न बाँकी रहेको उपाध्यक्ष पेमा अधिकारीले बताए । 

यसैगरी गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा पहाडको फेदीको मुहानबाट सौर्य ऊर्जाको प्रयोग गरि पानी तानेर तिनचुलेमा पुर्‍याइएको छ । चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट लगेको पानी पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा संकलन र दुई वटा धारा बनाइएको ताराखोलाको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए ।  

गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री चन्द्रबहादुर बुढाले तिलचुले भ्रमणका लागि पुग्ने पर्यटक तथा भक्तजनको सुविधाका लागि सडक र खानेपानीको व्यवस्था मिलाइएको बताए। ताराखेलाका अध्यक्ष धनबहादुर बिकमंगला गाउँपालिकाका उपाध्यक्ष अधिकारीले दुईवटै पालिकाले सहकार्य गरेर तिनचुलेको पर्यटन विकास गर्ने प्रतिबद्धता जनाए । 

दुई हजार नौ सय ७० मिटरको उचाइमा अवस्थित तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पूर्वाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल, बागलुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाको नागबेली खोलाबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि तीनचुले पुग्न सकिन्छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : १० बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल