पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा पुग्यो सडक र खानेपानी | Khabarhub Khabarhub

पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा पुग्यो सडक र खानेपानी


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ । 

ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्‍याइएको हो । ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिए। 

ताराखोला गाउँपालिकाको रु १० लाख र गण्डकी प्रदेश सरकारको ७५ लाख लगानीमा सडक निर्माण गरिएको उनले बताए। तीन वर्षअघि सुरु भएको सडक निर्माणकार्य यसपालि सकिएको हो । सडक बनेपछि दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ । मङ्गला–५ देउरालीदेखि तिलचुले जोड्ने पाँच किलोमिटर सडकको मार्ग खुलेको र थप दुई किलोमिटर मार्ग खोल्न बाँकी रहेको उपाध्यक्ष पेमा अधिकारीले बताए । 

यसैगरी गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा पहाडको फेदीको मुहानबाट सौर्य ऊर्जाको प्रयोग गरि पानी तानेर तिनचुलेमा पुर्‍याइएको छ । चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट लगेको पानी पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा संकलन र दुई वटा धारा बनाइएको ताराखोलाको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए ।  

गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री चन्द्रबहादुर बुढाले तिलचुले भ्रमणका लागि पुग्ने पर्यटक तथा भक्तजनको सुविधाका लागि सडक र खानेपानीको व्यवस्था मिलाइएको बताए। ताराखेलाका अध्यक्ष धनबहादुर बिकमंगला गाउँपालिकाका उपाध्यक्ष अधिकारीले दुईवटै पालिकाले सहकार्य गरेर तिनचुलेको पर्यटन विकास गर्ने प्रतिबद्धता जनाए । 

दुई हजार नौ सय ७० मिटरको उचाइमा अवस्थित तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पूर्वाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल, बागलुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाको नागबेली खोलाबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि तीनचुले पुग्न सकिन्छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : १० बजे

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका

धितोपत्र बोर्डको सदस्यमा सीए शर्मा नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि तोकियो बुक क्लोज मिति

काठमाडौं–नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज

भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं–भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा