देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन । नेपाल प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका–४ कवडहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँसहित २५ वर्षीय निराजन बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई भिमदत्त नगरपालिका–४ बाट उक्त पदार्थसहित फेला पारी पक्राउ गरेका हुन । प्रहरीका अनुसार म।२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले उनको साथबाट बरामद गरेको हो । 

यता मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  करिब ६५ मिलिग्रामसहित ३० वर्षीय भानु लावतीलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ६५९० नम्बरको मोटरसाइकलमा सवार पाँचथर तुम्बेवा गाउँपालिका–३ बस्ने लावतीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यस्तै कैलाली, भजनी नगरपालिका–५ कव्वाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्रामसहित १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोही नगरपालिका–३ कनैयापुर बस्ने किशोरलाई प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ४६ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन