अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने निश्चित : महनगरप्रमुख दाहाल « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने निश्चित : महनगरप्रमुख दाहाल


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रंगशाला बन्ने निश्चित भएको बताएकी हुन्। 

प्रमुख दाहालले भनिन्,’अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ ।’ अहिले पनि धेरै जनामा रंगशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै  उनले  ंगशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन्। 

उनले पुल्चोक इन्जीनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको बताइन्। रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेशनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रंगशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषद्को बैठकले फाउण्डेशनलाई एकमुष्ठ अनुदान दिई संघीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो । 

बागमती प्रदेश क्रिकेट सङ्घ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रंगशालाको मैदानमा आजदेखि  ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो । प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ । बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष राजु बस्नेतले प्रतियोगितामा नेपाल क्रिकेट सङ्घले मान्यता दिएका छ जिल्लाका टोलीको सहभागिता रहेको जानकारी दिए। 

काठमाडौँ, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समूह ‘बी मा रहेका छन् । प्रतियोगिता लिगका आधारमा खेलाइने छ । दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष बस्न्यातका अनुसार विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई उपहारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ५३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार