पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाए : नेता कोइराला « Khabarhub

पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाए : नेता कोइराला


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आज आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे। 

‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके’, नेता कोइरालाले भने, ‘तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु ।’

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे । उनले कांग्रेसको नेतृत्वमा यो क्षेत्रको विकास हुने भएकाले ढुक्क हुन आम मतदातासँग आग्रह गरे । नेपाली कांग्रेस एकठाउँमा उभिनुपर्ने अवस्था आएको भन्दै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र मन दुःखेका साथीलाई भन्न चाहन्छु, कांग्रेसको नेतृत्व अब हामीको बीचमा आउँदैछ । अब कुनै किसिमको द्विविधा नराख्नुहोस्, केही कमजोरी भएका छन्, ती कमजोरीलाई थाँती राख्दै निर्वाचन पश्चात् सुल्झाउने प्रयास हुन्छ ।’

नेता कोइरालाले वर्तमान सरकार पाँच वर्ष चल्ने बताउँदै अहिलेकै सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने बताए । भ्रष्टाचारमुक्त समाज, पारदर्शीता, जवाफदेहीता, जनताप्रति उत्तरदायित्व र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको नेता कोइरालाले बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्र त्रुटी कमजोरी भए पनि कांग्रेस सुधार्न संकल्प बोकेर आफूहरू लागि परेको बताए । कांग्रेसबाट अवसर लिएका भागेकाले देश बनाउन नसक्ने पौडेलको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले उपनिर्वाचनका सन्दर्भमा तनहुँका जनतालाई भ्रममा पार्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ५५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार