सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी  « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र  अखरबेक उक्तामोभले समान एक एक गोल गरे ।

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सलेअंक जोडेको छ । हिमालयन शेर्पाको ९ अंक छ । त्यसैगरी आजै भएको अर्को थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित च्यासल रंगशालामा भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस खेलसँगै थ्री स्टार र चर्च ब्वाइज क्लबले ९ खेलबाट समान १५ अंक जोडेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ३८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका