प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यावहारिक बनाउनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यावहारिक बनाउनुपर्छ : मुख्यमन्त्री कार्की


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई व्यावहारिक बनाउन आवश्यक रहेको बताएका छन् ।

आज विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद्’ को बैठकमा उनले प्रदेश र स्थानीय सरकारबीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिए । उनले समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीलाई आग्रह गर्दै प्रदेश र स्थानीय दुवै सरकार वित्तीय हिसाबले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले भने, “आगामी वर्षदेखि प्रदेश सरकारको अर्थ मन्त्रालयअन्तर्गत राजस्व महाशाखामार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिनेछ ।” उनले वित्तीय हस्तान्तरणअन्तर्गत सःशर्तको बजेटमा योजना नभई क्षेत्र मात्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यान दिने बताए ।

मुख्यमन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको भन्दै योजना दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभावलगायत विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

बैठकले प्रदेश सरकारको आगामी आव २०८०/०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाँडफाँट, स्थानीय तहका आवधिक योजना निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्य व्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषद्को कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्नेलगायतका विषयमा विभिन्न निर्णय छ ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव डा दीपक काफ्लेले छलफलका विषय प्रस्तुत गरेका थिए । छलफलका क्रममा समन्वय परिषद्का सदस्य, प्रदेश मन्त्रालयका सचिवले प्रस्तुत विषयमाथि आआफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ०४ बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको