अब भ्रष्टाचारीलाई ढुंगा हान्नुपर्छ « Khabarhub

अब भ्रष्टाचारीलाई ढुंगा हान्नुपर्छ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणपछि आम जनता आन्दोलित भएका छन्। मूल त देशमा अन्तर्राष्ट्रिय सन्धि महासन्धिको खिलाफ गएर पनि भ्रष्टाचार मैत्री कानुन बनाउने परिस्थिति निर्माण हुँदै छ भन्ने तथ्य नक्कली भुटानी शरणार्थी प्रकरणबाट खुलेको छ। गहिरिएर हेर्दा देशमा ठूला भ्रष्टाचारका प्रकरणहरू पहिलादेखि अहिलेसम्म हुँदै आएका छन्। त्यसका निमित्त संसद्ले कानुन नै बनाएर भ्रष्टाचार मैत्री मुलुक बनाउनुपर्छ। यो प्रकरणलाई कानुनी निष्कर्षमा पुर्याउनै पर्दछ। तर यो काण्डलाई पनि हिजो जसरी अरु भ्रष्टाचार जस्तै सामसुम पार्नु हुँदैन। के यो अनुसन्धान अब स्वतन्त्र ढंगले अगाडि बढ्छ ? यी र यस्तै समसामयिक राजनीतिक विषयमा आधारित रहेर नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष संविधान सभा सदस्य रञ्जित कर्णसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

नेपाली कांग्रेस भ्रष्टाचारले सकिन लागेको हो ?
कांग्रेसमा इमानदार नेता पनि छन् र नराम्रा नेता पनि छन्। गलत गलत हो र सही सही नै हो भनेर लाग्नुपर्छ। नेपालका हरेक क्षेत्रमा भ्रष्टाचार छ। जहाँ नेपाली कांग्रेसका मात्र कार्यकर्ता संलग्न छैनन्।

योजना देश र जनताको हितका लागि बनाउने तर भ्रष्टाचार गर्ने, अब अन्तर्राष्ट्रिय जगतले भ्रष्टाचार कसरी गर्ने भनेर नेपालबाट सिक्ने हो ?
हामीले धेरै संघर्ष गरेर लडेर घाइते भएर जेल पनि बसेर यो पार्टी निर्माण गरेका हौँ। त्यो संघर्ष के का लागि हो अब सोच्नुपर्छ। अब भ्रष्टाचारीलाई ढुंगा हान्नुपर्छ। त्यो जुनसुकै दलको नेता भए पनि छोड्नु हुँदैन। भ्रष्टाचारी भनेको अपराधी हो। त्यो आफ्नो घर र परिवार नै भए पनि जेल हाल्नुपर्छ।

सबै नेता मुछिएका छन्, कसले कसलाई पक्राउ गर्ने ?
अब अहिले सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलन सुरु भइसकेको छ। भ्रष्टाचार विरोधी अभियान सुरु भइसकेको छ। अति भइसक्यो, अब समय छैन।

सामान्य मान्छेलाई हतकडी लगाइहाल्ने ठूलालाई किन नगर्ने ?
भ्रष्टाचारीको प्रोफाइल हुँदैन। त्यो अपराधी हो। हामीले पार्टीमा कोही भ्रष्टाचारी आबद्ध छ। उसलाई तुरुन्त कारबाही गर्नुपर्छ। पार्टीबाट निकाल्नुपर्छ भनेका छौँ। नेपाली कांग्रेसको पार्टीको नेतृत्व असफल भइसक्यो। बालकृष्ण खाण जस्तो व्यक्तिलाई पार्टीमा राख्नु हुँदैन। म कुन पार्टीको होइन भ्रष्टाचार विरोधी आन्दोलनमा हामी अगाडि बढेका छौँ। सबै पार्टीका राम्रा ब्यक्ति मिलेर भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्छ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेतृलाई के गर्ने ?
सही र गलत छुट्टाएर कारबाही गर्न लाग्नुपर्छ। प्रमाणको आधारमा पक्राउ गर्नुपर्छ। आरजु गलत हो भने कारबाही गर्नुपर्छ, हामी साथ दिन्छौँ। पहिलो कुरा भनेको अहिले एमालेको नेता केपी ओलीजीलाई पक्राउ गरिहाल्नुपर्छ। उहाँले बारम्बार टोपबहादुर रायमाझीको अपराध लुकाउँदै आउँदै हुनुहुन्छ। अरु हाम्रो पार्टीमा यस्ता व्यक्तिहरू छन् भने कारबाही गर्नुपर्छ। अब भ्रष्टाचारीलाई ढुंगा हाल्नुको विकल्पै छैन।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पर्न राजनीतिक दलले छलफललाई तीव्रता दिएका छन्। कांग्रेस किन यो प्रकरणलाई दबाउन सक्रिय भएको हो ?
यो घटना सामसुम हुँदैन। अब समस्या समाधान गर्ने हो। अब हाम्रो कार्यक्रम सडकबाट सुरु हुन्छ। आन्दोलन गर्छौँ हामी। अब जनताहरू जागिसकेका छन्। जनता जागेपछि कसैले लुकाएर लुक्दैन। ठूला भ्रष्टाचारका प्रकरण अब सार्वजनिक हुने बाटो खुलेको हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १० : ११ बजे

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश

यार्सागुम्बा संकलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

गोरखा– यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर

‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’ 

एजेन्सी– युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको