वन क्षेत्रमा सिकार खेल्न हिँडेका तीन जना पक्राउ « Khabarhub

वन क्षेत्रमा सिकार खेल्न हिँडेका तीन जना पक्राउ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमिटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरू हतियारसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्याङतान छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीबाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

तिनै जनालाई हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १० : ४३ बजे

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती