कांग्रेस नेता एवं गण्डकी प्रदेश सदस्य बरालको निधन « Khabarhub

कांग्रेस नेता एवं गण्डकी प्रदेश सदस्य बरालको निधन


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ ।

पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो ।

बरालको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, महामन्त्री विषणुप्रसाद लामिछाने, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललगायतले सामूहिकरुपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गर्नुभएको थियो ।

बुबा दशरथ र आमा सेतुमायाबाट २०३१ साल पुसमा जन्मेका उनका दुई श्रीमती नमीता र तुलसी, छोरा सन्देश, छोरीहरू ज्योति र स्मृति छन् ।

बरालको निधनमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गरेको छ । महामन्त्री विष्णुप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा पार्टीका कर्मठ, जुझारु एवम् सामाजिक व्यक्तित्व बरालको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना एवम् शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १२ : २७ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर