राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन चुनौति : माधव नेपाल « Khabarhub

राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन चुनौति : माधव नेपाल


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन चुनौति रहेको बताएका छन् ।

बुधबार ३० औं मदन-आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनौति रहेको बताएका हुन् । उनले नीति भन्दा नेता प्रधान, सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरे ।

उनले अहिलेको परिस्थितिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्ने मिलेर तयार रहेको बताए । अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सही बाटोमा लिएर जाने अभियान स्मरण गरे । उनले मदन–आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रो सँग छानविन हुन नसकेको धारणा राखे ।

कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा खुल्ला रुपमा भइरहेको विदेशीशक्तिको हस्तक्षेपलाइ रोक्नुपर्ने बताए । नेपाल असंलग्न मुलुक भएको भन्दै कुनै पनि शक्ति केन्द्रले नेपालसंग खेल्न खोजे स्वीकार्य नहुने उनले  बताए ।

खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन-आश्रितका योगदानलाई स्मरण गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा रूपान्तरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  २ : ३३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका