ललितपुरबाट गैँडाको खागसहित तीनजना पक्राउ « Khabarhub

ललितपुरबाट गैँडाको खागसहित तीनजना पक्राउ


३ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट २९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार)सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाइएको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  २ : ४७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको