सेयर बजारमा दोहोरो अंकको वृद्धि « Khabarhub

सेयर बजारमा दोहोरो अंकको वृद्धि


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अंकमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अंकले बढेको छ । बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अंकले बढेको छ ।

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अंकले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ३ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै