काभ्रेका स्थानीय तहलाई मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन « Khabarhub

काभ्रेका स्थानीय तहलाई मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काभ्रे– मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्रेका स्थानीय तहलाई निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज धुलिखेलमा सम्पन्न बैठकले ‘मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य–२०८०’ अनुसार बाढी, डुवान तथा कटानका कारण हुनसक्ने क्षति कम गर्न स्थानीय तहलाई पूर्ववत् तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले बाढी, डुवान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको छ ।

अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा संकलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय गरिएको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए ।

बैठकले विपद् व्यवस्थापन समितिको कार्यलाई संस्थागत गर्न स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने, विपद् कोषको संस्थागत व्यवस्था मिलाउने, राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने तथा विपद्का तथ्यांकलाई स्थानीय तहदेखि एकीकृत रुपमा अभिलेखिकरण गरी जिल्लास्थित कार्यालयमा सम्प्रेणष गर्ने, यसअघि विपद्जन्य घटनाका पीडितलाई प्राप्त आठ लाख छ हजार अनुमोदन गरिएको उनले बताए । 

सहायक प्रजिअ पोखरेलका अनुसार नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी बललाई आवश्यकपर्ने सामग्री उपलब्ध गराउन बागमती प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गर्ने, मनसुनजन्य विपद्बाट जिल्लास्थित राजमार्गमा अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायलाई ‘हेव्बी इक्यूपमेन्ट’ राख्न निर्देशन दिइएको छ । 

स्थानीय तहले राजमार्ग तथा मुख्य सडक र ग्रामीण सडकका लागि एक एक थान डोजर तयारी अवस्थामा राख्नसमेत बैठकले निर्देशन दिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । 

बर्सेनि विद्दका घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा गत वैशाख २३ गते विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको थियो । उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई जिल्लास्थित सेनाको कालीजङ गणले ‘मनसुन–३’ नामाकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेका व्यक्तिको उद्धार गरिएको थियो ।

यसअघि जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिइएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेका जनाइएको छ ।

यस अवधिमा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको थियो । पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको जनाइएको छ । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ४ : ३१ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता