नक्कली शरणार्थी प्रकरणका दोषीलाई छुट दिन सकिन्न : गृहमन्त्री « Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई छुट दिन सकिन्न : गृहमन्त्री


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन नसकिने स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिनको माग नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रेष्ठले राज्यकै तहमा बसेका नेताहरू र तलसम्म बसेकाहरूको सेटिङमा भएको संगठीत अपराधलाई कुनै हालतमा छुट दिन नसकिने स्पष्ट पारेका हुन् ।

उनले कुनै पनि प्रकरणलाई बिना पूर्वाग्रह निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जिकिर गरे । श्रेष्ठले शरणार्थी प्रकरणमा सबैतर्फबाट पाएको साथले सरकारलाई बल प्रदान गरेको भन्दै कुनै पनि दवाव वा अवान्छित प्रभावबाट सरकार प्रभावित हुने र यसलाई निष्कर्षमा पुराउन सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

उनले भ्रष्टाचारको नियन्त्रण गरि सुशासनको बाटोमा जान नसके मुलुक समृद्धिको बाटोतर्फ जान नसक्ने जिकिर गरे । नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा लगायतका सबै भ्रष्टाचारहरुमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ४ : ४६ बजे

एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन

​​​​​​​काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि