अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य « Khabarhub

अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताएका छन् ।

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा आज आयोजित कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताए ।

“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति समाजमा विभिन्न लान्छना, भेद्भावपूर्ण व्यवहारसहित बस्नुपर्ने अवस्था छ । अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छ” मन्त्री आचार्यले भने ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनका लागि आयोग प्रतिबद्ध रहेको बताए । “आयोग अल्पसङ्ख्यक समुदायको संरक्षण र संवर्द्धन गर्नका लागि प्रयासरत छ । समलिङ्गीको विवाहलाई कानुनी मान्यता दिन सरकारलाई सिफारिस गरेलगायत उनीहरुको अधिकार र आवश्यकतालाई उच्च प्राथमिकतामा राखिएको छ” उनले भने ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउन आयोगले पहल गरिरहेको बताइन् । अल्पसङ्ख्यकको पहिचान, नागरिकता, बिहेबारी लगायतका समस्यालाई कानूनी प्रावधानबमोजिम निकास दिन जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अल्पसङ्ख्यकको अधिकारको संरक्षणमा राज्यको भूमिकालाई सुदृढ बनाउन मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “अल्पसङ्ख्यकको भूमिका एउटा व्यक्तिको मात्र नभई सिङ्गो समाजको हो । तसर्थ यस मुद्दाको सामाजिकीकरणमा मिडियासहित सबै पक्ष एकताबद्ध हुन जरुरी छ”, उनले भने ।

संस्थाका अध्यक्ष लक्ष्मी घलानले अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न आवाज उठिरहेको उल्लेख गर्दै यसलाई अझ सार्थकता दिन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यकको वास्तविक कथा समेटिएको “सधैँ सँगै : विविधतामा एकता” पुस्तक विमोचन गरेका थिए । कार्यक्रममा अल्पसङ्ख्यक समुदायको एक जोडी र समुदायको एक सदस्यको रूपमा स्वीकार गरेका एक उदाहरणीय परिवारलाई सम्मान गरिएको थियो ।

यो दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउँदै आएको पाइन्छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै “सधैँ सँगै : विविधतामा एकता” भन्ने नाराका साथ विश्वव्यापी रूपमा आज मनाइएको छ ।

मितिनी नेपाल महिला समलिङ्गी, द्वयलिङ्गी र ट्रान्सजेन्डर व्यक्तिको सहयोगको लागि काम गरिरहेको एक गैरसरकारी संस्था हो । नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने तथा उनीहरूलाई सम्मानित जीवन जिउन सामाजिक, सांस्कृतिक, आर्थिक, कानूनी तथा राजनीतिक अधिकारसहित समतामूलक समाज निर्माण गर्ने उद्देश्यले सन् २००५ मा स्थापित भएको संस्था हो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ५ : ३३ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा