सांसद गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाको आग्रह « Khabarhub

सांसद गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाको आग्रह


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कांग्रेसका सांसद संजय गौतमलाई अनशन तोड्न आग्रह गरेका छन् । 

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै अनशन तोड्न आग्रह गरेका हुन् ।

जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने डुबान र कटानको कारण जोखिममा रहेका स्थानमा तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग राख्दै सांसद गौतम अनशन बस्दै आएका छन् । मन्त्री ज्वालले पुल निर्माणका लागि प्राविधिक परिक्षण भइसकेको भन्दै नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने जानकारी दिए ।

उनले यसअघि भौतिक पूर्वाधार मन्त्रालयसँग जोडिएको आयोजनाहरूको म्याद सकिने बेलासम्म काम सम्पन्न नगर्नेहरूलाई आयोजनाबाटै हटाउने बताए । मन्त्रालयले जनताले प्रत्यक्ष उपभोग गर्न पाउनेगरि विकासका आयोजनालाई छिटै सम्पन्न गर्न तत्परताका साथ काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ०९ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये