काठमाडौँ महानगरद्वारा सात अर्ब ३९ करोड बढी राजस्व असुल | Khabarhub Khabarhub

काठमाडौँ महानगरद्वारा सात अर्ब ३९ करोड बढी राजस्व असुल


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्मा रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।

चालु आवको लागि कामपाले लागि  रु १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । सङ्कलित राजस्वमा आन्तरिक आयतर्फ ९० दशमलव ४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३ दशमलव ५० प्रतिशत र अनुदानतर्फ ८६ दशमवलव ४५ प्रतिशत प्रगति प्राप्त भएको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

गत वर्ष कामपाले रु नौ अर्ब आठ करोड ७० लाख १३ हजार लक्ष्य लिएको थियो ।   कामपामा विशेष गरी आन्तरिक आयमा सम्पत्ति कर, बहाल कर, भूमि कर/मातपोत कर, सवारी कर (साना सवारी साधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता÷लागत सहभागिता/सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत शीर्षक छन् ।

यस्तै पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा, बेरुजुलगायत शीर्षक छन् ।

यी शीर्षकमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ । यसमा रु सात करोड लक्ष्य लिएकोमा रु आठ करोड ७१ लाख ८७ हजार ५० आम्दानी भएको छ । यो लक्ष्यको एक सय २४ दशमलव ५५ प्रतिशत हो । यस्तै पार्किङ शुल्कमा एक सय २४ दशमलव ०४, नक्सापास दस्तुरमा एक सय १२ दशमवलव १८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा एक सय ११ दशमवलव २८ प्रतिशत आय भएको प्रमुख काफ्लेले जानकारी दिए ।

राजस्व बाँडफाँटअन्तर्गत सरकारले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको शुल्क एउटै शीर्षकमा पठाउने गरेको छ । छुट्याएर नपठाएकोले मूल्य अभिवृद्धि करअन्तर्गत कति प्राप्त भयो, अन्तःशुल्कबापत कति प्राप्त भयो भन्न सकिएन । प्राप्त रकम मूल्य अभिवृद्धि करको शीर्षकमा जम्मा भएकाले अन्तःशुल्कमा प्रगति शून्य देखिएको हो ।

बाँडफाँटबाट आय प्राप्त हुने शीर्षकमा, घरजग्गा रजिष्ट्रेसन दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर छन् । आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान चालु सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ०७ बजे

एकसाथ दुईवटा डुंगामा सवार माधव नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन

काठमाडौं– सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा