एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालको उम्मेदवारी « Khabarhub

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालको उम्मेदवारी


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि वर्तमान कार्यसमितिका सचिव अनुप खनालले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले ‘युवाहरूको वृहत सहभागिता, संस्थाको दिगो सफलता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन् ।

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन् । गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन् । नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटी कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढ्न खोजेको उनको भनाइ छ । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ३४ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो