राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर : अस्पताल « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर : अस्पताल


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो ।

विज्ञप्तिमा राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्नका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएको हुँदा आज बिहान सबेरै यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि आज विहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।

यसअघि राष्ट्रपति पौडेल मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज भएका थिए ।

गएको वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो । करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ४६ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको