राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर : अस्पताल « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर : अस्पताल


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो ।

विज्ञप्तिमा राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्नका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएको हुँदा आज बिहान सबेरै यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि आज विहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।

यसअघि राष्ट्रपति पौडेल मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज भएका थिए ।

गएको वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो । करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ४६ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको