खेतीपातीको समय नजिकिँदा किसानलाई मलकै चिन्ता « Khabarhub

खेतीपातीको समय नजिकिँदा किसानलाई मलकै चिन्ता


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।

धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ । 

ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्ड टे«डिङमार्फत महानगरले एक हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ । 

ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिए । 

उनले भने, ‘ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र कसानले खेती गरिरहेका छन् । चालु आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रासायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।’ 

‘अन्य जिल्लामा जस्तै काठमाडौँ उपत्यकामा गाई, भैँसी पालन कम गरिएको हुँदा किसानले प्रयाप्त प्रांगारिक मल उत्पादन गर्न सकेका छैनन् र हामीले पनि किसानलाई रासायनिक मल प्रयाप्त रुपमा उपलब्ध गराउन सकिरहेका छैनौँ । अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउनुहुन्छ । माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन । हामीलाई पनि चिन्ता छ ।’ उनले भने, ‘खेतीपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन् ।’

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : ३३ बजे

विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न

जनकपुर – विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन

साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु

नुवाकोट – नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले

वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाको जोड

काठमाडौं – नेपालमा वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाहरूको जोड दिएका छन्

एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन

काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको

एनपीएलमा रञ्जितको नयाँ कीर्तिमान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रञ्जित कुमारले