दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान हुन्छ : प्रधानमन्त्री, संगठन बिस्तारमा जुट्न सभापति लामिछानेको आग्रह, एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा, बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यकतिनाउ नदीमा डुबेर एक युवकको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौँ पुगेर गृहकार्य गर्ने बताए । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ थियो । 

सो क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिए। आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनलाई जानकारी गराए। 

एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् ।

 यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् ।

शनिबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसँग मुकावला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन् ।

संगठन बिस्तारमा जुट्न सभापति लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।

रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर संगठन बिस्तारमा जुट्न आह्वान गरेका हुन् ।

बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन्

पार्टी निकट गोरखा काठमाडौँ–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

‘राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले’
नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् ।

प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए।

पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउन आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए । ‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ’, उनले भने ।

समाजवादी मोर्चा घोषणा हुन्छ : उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए। उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए ।

जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

 स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए ।

गण्डकीमा दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड

गण्डकी प्रदेश सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको छ । अर्थमन्त्री जितप्रकाश आलेले सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै राजस्व परिचालन र सुधारका लागि सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको बताए ।

हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्ने

हेटौँडाका जनप्रतिनिधिहरूले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको कार्यक्रम बहिष्कार गर्ने भएका छन् ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरूले बहिष्कार गर्ने घोषणा गरेका हुन ।

आजपा अध्यक्ष साहद्वारा मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् ।

धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन् ।

तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौँडा उपमहानगरले ल्यायो बजेट
हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आज आयोजित १३औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रू ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट रू ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट रू तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रू एक अर्ब १४ करोड ५० लाखबाट ब्यहोरिने जानकारी दिए

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ०० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि