करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

गौर – रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ०८ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले