अनुमति बिना मेडिकल सञ्चालन गर्ने पक्राउ | Khabarhub Khabarhub

अनुमति बिना मेडिकल सञ्चालन गर्ने पक्राउ


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाको अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ’, उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ ।’

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ ।

प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका छ मेडिकल पसलमा खनतलासी गरेको थियो । ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन् ।

दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन् । पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको थियो ।

यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११ मेडिकल सञ्चालकलाई समातेको थियो । उनीहरु औषधि सम्बन्धी कसुरमा जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रहरीको खानतलासका क्रममा विना इजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ ।

मुुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ५१ बजे

प्रधानमन्त्री र विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकबीच नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध

संघीय सरकारसँगै प्रदेशले पनि स्थानीय मदिराको ब्रान्डिङ गर्दै

काठमाडौं– संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि स्थानीय मदिरा (रक्सी) लाई

लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

काठमाडौं– सरकारी सेवाका लागि जनताले लाइनमा बस्नुपर्दैन भनेर गफ चुट्ने

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या

काठमाडौँ– पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको

पार्टीमा वैचारिक मतभेद छैन : अध्यक्ष नेपाल

काठमाडौं– नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले