विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको, गोदावरी नगरपालिका-१ मनहेरास्थित ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका-८ कर्मिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १९ मिलिग्राम प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ बरामद गरेको हो । 

बर्दियाको मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ४० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय समिर गुरुङ र सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २९ वर्षीय जीवन खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

सुनसरीको इटहरी उपमहानगरपालिका-७ बस्ने दीपक बिक्रम साह समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ कोलो ५ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  दिपकको घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा काशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाँजा बिक्री गर्दै गरेका दीपक र खरिद गर्न आएका अन्य ३ जना समेतलाई पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-५ विशाल चोक बस्ने ४२ वर्षीया मिना देवी साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो । हाल फरार उनकै श्रीमान दिनेश साहको प्रहरीले खोजी गरिरहेको छ ।  

सुर्खेत, भेरी गंगा नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-२ बस्ने ३० वर्षीय दिपेन्द्र रोकाय समेत २ जनालाई प्रहरीले पक्राउ गरेको  छ । अस्थाई प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.५ प २८६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ३ : ०४ बजे

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली