मेची भन्सारबाट १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन | Khabarhub Khabarhub

मेची भन्सारबाट १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मेचीनगर- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ ।

उनका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको रेग्मीको भनाइ थियो ।

कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको उनले बताए । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७/७८ मा रू १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा रू तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम सङ्कलन भएको छ । पूर्वी नाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : ३६ बजे

सभापति देउवाद्वारा ८ जना केन्द्रीय सदस्य मनोनित 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि

पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

गण्डकी– पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र

नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप

जेनेभा– आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखि  चीनको भ्रमण गर्ने औपचारिक