एक अर्ब २६ करोडको चोरीका सामान बरामद « Khabarhub

एक अर्ब २६ करोडको चोरीका सामान बरामद


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । 

आर्थिक वर्ष २०७८-७९ कोभन्दा आव २०७९-८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा रू नौ करोड ७९ लाख, भदौमा ११ करोड २५ लाख, असोजमा आठ करोड ७४ लाख ९४ हजार, कार्तिकमा छ करोड ९१ लाख ५८ हजार बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मङ्सिरमा आठ करोड ४८ लाख, ५१ हजार, पुसमा १७ करोड ५८ लाख ५० हजार, माघमा रू आठ करोड १९ लाख ९६ हजार, फागुनमा आठ करोड ७९ लाख ६० हजारको मालसामान बरामद भएको छ । 

त्यस्तै, चैतमा रू ११ करोड १८ लाख ३० हजार, वैशाखमा रू १३ करोड ८१ लाख ८९, जेठमा ११ करोड ४३ लाख ६४ हजार र असारमा रू १० करोड २३ लाख १२ हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताए। आर्थिक वर्ष २०७९-८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उनको भनाइ थियो ।

सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले रू २८ करोड ७३ लाख ४५ हजार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले रू ६५ करोड, ७० लाख २६ हजार, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले रू दुई लाख ८१ हजार बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो ।

त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीले रू २२ करोड १६ लाख १५ हजार, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार रुपैयाँ भन्सार दाखिला गरेकोसमेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन