मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अवलोकन « Khabarhub

मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अवलोकन


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु–मेहलकुना औद्योगिक करिडोर’को स्थलगत अवलोकन गरेका छन् । उनले आज भेरीगङ्गा नगरपालिकाको छिन्चु–मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण गरेका हुन् ।

अध्ययनपश्चात् मेहलकुनामा आज आयोजित ‘छिन्चु मेहलकुना औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन’ विषयक बृहत् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीको औद्योगिक विकास हुन नसनकेको जनाए । “कर्णाली कसरी निर्माण गर्न सकिन्छ भन्ने कोणबाट अध्ययन, अनुसन्धान गरी साधन स्रोतहरुको परिचालन गर्नुपर्ने अवस्था छ,” उनले भने, “तसर्थ कर्णाली आर्थिक समृद्धिमा कसरी जान सक्छ भन्नेमा हामी गम्भीर हुनैपर्छ ।” अहिले पनि कर्णाली घट्ट, जाँतो, कुटो, कोदालोको त्यो परम्पागत युगभन्दा माथि उठ्न नसकेको उनको भनाइ थियो ।

मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै मुख्यमन्त्री शर्माले कर्णालीलाई आर्थिक समृद्धिको युगमा लैजान सबैले जिम्मेवारी र दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । आर्थिक सम्पन्नता र सामाजिक न्यायले मात्र समाजलाई सुखी बनाउन सकिने उनको भनाइ थियो । उनले कर्णालीमा तत्काल काठको उद्योग खोल्नतर्फ अग्रसर रहेको बताए ।

भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतको रामजानकी सामुदायिक वन क्षेत्रमा रहेको औद्योगिक करिडोरको स्थलगत अध्ययनमा मुख्यमन्त्री शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग, पर्यटन, सामाजिक मन्त्री खड्गबहादुर पोखरेल, वन तथा वातावरणमन्त्री कृष्ण बिसी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखलगायत सहभागी थिए ।

करिडोरको जग्गा खोजीका लागि अनुगमन तथा निरीक्षण भएको बताइएको छ । पर्यटकीय सम्भावना बोकेको उक्त करिडोर औद्योगिक हिसाबले अझ बढी महत्त्व भएको बताउँदै मुख्यमन्त्री शर्माले यसको विकास गर्न सकिए कर्णालीको अर्थतन्त्रमा सहयोग पुग्ने जनाए।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : १० बजे

तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय

वर्षायामको सुरुसँगै प्राकृतिक विपद्का घटना बढ्दै: के छ व्यवस्थापनको तयारी ?

काठमाडौँ – नेपाल प्राकृतिक तथा गैरप्राकृतिक दुवै प्रकारका विपद्को उच्च

एकैदिन तोलामा १४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ काराेबार ?

काठमाडौं– आजको कारोबारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ

साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौँ– पूर्वी नेपालबाट काठमाडौं उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा