प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित « Khabarhub

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा केही उडान प्रभावित भएको हो । मनसुनमा यसै पनि केही उडान प्रभावित हुन्छन् यद्यपी पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले पछिल्ला दिनमा प्रतिकूल मौसमका कारण आन्तरिक उडान केही मात्रामा प्रभावित हुँदै आएको बताए । इनरुट वेदर बिग्रिएर उडान प्रभावित भएर उडान ढिलो भए पनि उडानै रद्द गर्नुपर्ने अवस्था नरहेको उहाँले उल्लेख गरे। “आन्तरिक उडानमा सामान्य प्रभावित छ, काठमाडौँ विमानस्थल र बाहिरहका स्टेशनमा पनि जहाज केहीबेर आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । उडान पूर्वनिर्धारित समयमा नभए पनि रद्द गर्नुपर्ने अवस्था छैन”, सूचना अधिकारी कर्णले बताए ।

फ्लाइट राडरमा अहिले पनि बुद्ध एयरका तीन वटा जहाज होल्डमा देखिन्छन् । चितवन माथिको आकाशमा झण्डै आधा घण्टादेखि ती जहाज होल्डमा परेका हुन् । मनसुनमा बदली र वर्षाले कतिपय गन्तव्यको उडान प्रभावित हुँदै आएका छन् । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज साँझपखदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : ४७ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको