पहिलो पटक भुटानी विद्यार्थीलाई जापानमा छात्रवृत्ति « Khabarhub

पहिलो पटक भुटानी विद्यार्थीलाई जापानमा छात्रवृत्ति


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

थिम्पु- जापानले पहिलो पटक भुटानी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । भुटानको शाही सार्वजनिक सेवा आयोगले जापानको लोक कल्याण एवम् स्वास्थ्य विश्वविद्यालयले यसबारे हस्ताक्षर गरेको भुटान लाइभले जनाएको छ ।

यस सम्झौताअनुसार भुटानी विद्यार्थीलाई विश्वविद्यालयले ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

अन्य दक्षिण एसियाली देशलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको जापानले यसपटक भुटानलाई पनि सहायताको सूचीमा यसपटक समावेश गरेको छ । शैक्षिक आदानप्रदान र अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिने जापान सरकारको नीतिअनुसार भुटानी विद्यार्थीहरूका लागि मात्र छात्रवृत्तिको व्यवस्था गरिएको बताइएको छ ।

छात्रवृत्ति कार्यक्रमले जापान र भुटानबीचको सांस्कृतिक समझदारी प्रवर्द्धनका साथै भुटान र जापानबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसले स्वास्थ्य सेवाको क्षेत्रमा अन्तर–सांस्कृतिक संवाद र सहयोगलाई बढावा दिनेछ विश्वास भुटान सरकारले गरेको छ । भुटानले आफ्नो स्वास्थ्य सेवा क्षेत्रको विकासलाई प्राथमिकता दिएकामा त्यसको प्रशंसा गर्दै जापान सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : ०५ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने