श्रीलङ्कामा खडेरीको प्रकोप « Khabarhub

श्रीलङ्कामा खडेरीको प्रकोप


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् ।

श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।

डिएमसीले आज सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।

श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ३ : २१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट