दूधमा अनुदानपछि उत्पादन बढ्यो « Khabarhub

दूधमा अनुदानपछि उत्पादन बढ्यो


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो । दूधमा प्रतिलिटर रु पाँचका दरले किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार आव २०७९/८० मा ४५ दलित, ४६ जनजाति र अन्य पाँच सय ४० गरेर छ सय ३१ किसानलाई दूधमा अनुदान दिइएको थियो । निवेदन दिएका छ सय ३१ किसानले अनुदान पाएको उक्त कार्यालयका निमित्त प्रमुख शर्माले जानकारी दिए ।

दूध बिक्री गरेका आधारमा किसानले रु आठ सय ७५ देखि रु ४५ हजारसम्म प्रोत्साहन रकम पाएको उनको भनाइ थियो । उक्त कार्यालयले दिने अनुदान रकम किसानको खातामा पठाउने गरिएकोे छ । अनुदान न्तरगत छ सय ३१ किसानले रु ३५ लाख ५८ हजार प्राप्त गरेका थिए । जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलङ्गा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने । बाँकी दूध रुकुमपूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानले राम्रैसँग दूध उत्पादन गर्दै आएका छन् । आठबिसकोट नगरपालिका र बाँँफीकोट गाउँपालिकामा भने कम दूध उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख शर्माले बताए ।

दूध सङ्कलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशुसेवा कार्यालयमा उपलब्ध विवरणअनुसार जिल्लामा  ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको देखिन्छ । गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले योभन्दा धेरै दूध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाइ छ । किसानलाई दूधमा प्रोत्साहन उपलब्ध गराउँदा जिल्लामा अघिल्ला वर्षभन्दा दुई दशमलव ६३ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : ११ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको