नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको हो । बिहीबार उच्च अदालतमा नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमा सुनुवाइ भएको थियो ।​

बिहीबार सचिव पाण्डेसहित, सानु भण्डारी, डा. ईन्द्रजित राई, हरिभक्त महर्जन, आङटावा शेर्पा, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदन निवेदनमाथि सुनुवाइ भएको हो ।

पूर्वगृहमन्त्री वालकृष्ण खाँण, टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको पुनरावेदनमाथि भने बिहीबार सुनुवाइ भएन ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ५ : ०६ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली