दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्छ : भारत « Khabarhub

दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्छ : भारत


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले दक्षिण चीन सागरमा जारी विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दक्षिण चीन सागरको विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने जनाएका हुन् ।

हालै दक्षिण चीन सागरमा चिनियाँ तटरक्षक पानीजहाजले फिलिपिनी आपूर्ति जहाजमा पानीको फोहोरा प्रहार गरेको घटनाबारे टिप्पणी गर्दै बागचीले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्नसमेत आह्वान गरे ।

उनले यस्ता विवादमा शान्तिपूर्ण समाधान खोजिनुपर्ने भारतको लामो समयदेखिको धारणा रहेको उल्लेख गरे ।

चीनले दक्षिण चीन सागरमा आफ्नो सार्वभौमिकताको दाबी गर्दै आएको छ । दक्षिण चीन सागरमा सार्वभौमिकताका विषयमा चीन र अन्य दक्षिण पूर्वी एसियाली मुलुकबीच लामो समयदेखि विवाद जारी छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : २९ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका