मृत हात्तीको दाहसंस्कार « Khabarhub

मृत हात्तीको दाहसंस्कार


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर आज मृत्यु भएको जङ्गली हात्तीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

ट्याङ्कीमा फसेर मृत्यु भएको हात्तीलाई दुई वटा ब्याक हो लोडर (जेसिवी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो ओढाई, फूलमाला लगाई अबिर दलेर दाहसंस्कार गरिएको सामुदायिक वनका अध्यक्ष लोकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार हात्ती राखिएको खाल्डोमा तीन क्विन्टलभन्दा बढी नून छर्किएको थियो ।

यी सबै प्रक्रिया पूरा गरेपछि खाल्डोमा हालिएको हात्तीलाई उपस्थित सबैले माटो दिएपछि खाल्डो पुर्ने कार्य गरिएको थियो । “हिन्दू परम्पराअनुसार हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइन्छ”, जोशीले भने, “त्यही भएर हात्तीलाई विधि विधानअनुसार दाहसंस्कार गरेका हौँ ।” मरेको हात्तीको दर्शन गर्न स्थानीय बासिन्दाको सामुदायिक वन परिसरमा भीड लागेको थियो ।

स्थानीयवासी अर्जुन मल्लले हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइने भएकाले दर्शन गरी फूलमाला चढाएर फर्किएको बताए । हात्तीलाई खाल्डोमा राखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले स्वास्थ्य परीक्षण गर्ने कार्यसँगै नाप लिने कार्य गरेका थिए । घटनास्थलमा मुचुल्का बनाउने कार्य कर्मचारीले गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : २३ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु