मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या « Khabarhub

मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् ।

आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।

प्रहरीले किसानको हत्या भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । परीक्षणका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि आज तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो ।

स्थानीय वडाध्यक्ष गिरिराज धमलाले बुधबार साँझदेखि हराइरहेका किसानको हत्या भएको प्रष्ट सङ्केत देखिएको बताए । “शवको घाँटी र टाउकामा धारिलो हतियार प्रयोग भएको चोट प्रष्ट देखिएको छ”, वडाध्यक्ष धमलाले भने, “हिजो फुटबल खेल हेर्न जान्छु भनेर घरबाट निस्कनुभएको रहेछ । कसैले हत्या गरेर खेतको पैनीमा शव फालेको अवस्थामा उहाँलाई आज बिहान मात्र भेटियो ।”

हत्याको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापा जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा अनुसन्धान सुरु गरेको छ । स्थानीय मेची विद्योदय आधारभूत विद्यालयको मैदानमा फुटबल खेल हेरेर उनी मेचे गाउँ पुगेकोसम्म जानकारी गाउँलेले दिएका छन् । त्यसपछि कसले र कसरी हत्या ग¥यो भन्ने केही खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार हिजोदेखि हराइरहेका किसानलाई खोज्ने क्रममा आज बिहान सडकमा चप्पल र रगतको टाटा फेला परेको थियो । त्यसैलाई आधार मानेर पछ्याउँदै जाँदा खेतको पैनीमा झाडीले छोपछाप पारेको अवस्थामा शव फेला परेको थियो ।

वडाध्यक्ष धमलाले गाउँमा मजदुरी गरेर जीवनयापन गर्दै आएका किसान अत्यन्तै सरल, सोझो र इमान्दार रहेको बताए । उनले भने, “उहाँ जस्तो सिधा मान्छेलाई कसले कुन उद्देश्यले मार्यो, अचम्म लागिरहेको छ । प्रहरीले हत्यारा चाँडै पत्ता लगाओस् भन्ने सबैको माग छ ।”

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ९ : ३९ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्