सीमाको भूमि जोगाउन पहल गर्छु : रमेश लेखक « Khabarhub

सीमाको भूमि जोगाउन पहल गर्छु : रमेश लेखक


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् ।

बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताएका हुन् ।

महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो”, नेता लेखकले भने, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।”

उनले नदीमा पानी बढेको र निर्माण सामग्री ल्याउनसमेत कठिनाइ भएकाले अहिले तत्कालका लागि अस्थायी तटबन्ध बनाएर बस्ती जोगाउन पहल गर्ने बताए । उनले भने, “यस विषयमा सरोकारवाला निकायसित पनि छलफल गर्नेछु ।”

विसं २०२२ देखि बसोबास रहेको कुतियाकवरमा हाल ४२ परिवारको बसोबास रहेको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि पहिलो पटक सो बस्ती नगरका अन्य क्षेत्रसित जोडिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ९ : ५६ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग