सीमाको भूमि जोगाउन पहल गर्छु : रमेश लेखक « Khabarhub

सीमाको भूमि जोगाउन पहल गर्छु : रमेश लेखक


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् ।

बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताएका हुन् ।

महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो”, नेता लेखकले भने, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।”

उनले नदीमा पानी बढेको र निर्माण सामग्री ल्याउनसमेत कठिनाइ भएकाले अहिले तत्कालका लागि अस्थायी तटबन्ध बनाएर बस्ती जोगाउन पहल गर्ने बताए । उनले भने, “यस विषयमा सरोकारवाला निकायसित पनि छलफल गर्नेछु ।”

विसं २०२२ देखि बसोबास रहेको कुतियाकवरमा हाल ४२ परिवारको बसोबास रहेको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि पहिलो पटक सो बस्ती नगरका अन्य क्षेत्रसित जोडिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको