‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण « Khabarhub

‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताएका छन् । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताए ।

उनले भने, “यहाँ ठेट नेपाली बोल्नेमा कमी देखिएको छ । हामीले नेपाल बाहिर रहनुभएका नेपालीबाट सिक्नु जरुरी छ । ठेट नेपाली शब्दको प्रयोग गर्नुलाई अन्य भाषाको ज्ञान नभएको रूपमा बुझ्नु भएन ।” उनले आप्रवासी नेपालीहरूको यस्तै गतिविधिले यहाँ झक्झकाउने समेत बताए।

कार्यक्रममा सङ्घकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अङ्ग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने, “यो पुस्तकले थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन्छ । देशबाहिर रहेर पनि यहाँको संस्कृतिप्रतिको लगावलाई दर्शाउँछ । यो हाम्रो अनुभुति हो ।”

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताए । उनले भने, “असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका आप्रवासी नेपालीका बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक तयार भएको हो । मैले उहाँहरूको इतिहासलाई नजिकबाट बुझ्ने मौका पाएँ, मैले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छु ।”

उनले थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याएको बताए ।

कार्यक्रममा पूर्वराजदूतहरू डा दिनेश भट्टराई, डा खगनाथ अधिकारी, सङ्घका पूर्वअध्यक्ष कुमार कार्की, गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जीतु नेपाललगायत उपस्थित थिए। कायक्रममा संस्कृति झल्काउने नृत्यसँगै नेपालीले थाइल्याण्डको पिलोक भन्ने स्थानबाट सुरू गरेको जीवनीलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरिएको थियो ।

पुस्तकमा नेपालीहरूको आप्रवासन र थाइल्याण्डमा नेपालीहरूको इतिहासबारे लुकेका तथ्य समेटिएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माइन (कोइलाखानी) काम गरेर सुरु भएको नेपालीहरूको थाइल्याण्ड आप्रवासनको कथालाई प्रस्तुत गरिएको पुस्तकमा एउटा पहाडको टुप्पोमा कसरी उनीहरूले आफ्नो जीवनलाई चलायमान पारे र कसरी आफ्नो भूमिकालाई स्थापित गरे भन्ने कुरा पनि समावेश गरिएको छ ।

उनीहरूको अनागरिकदेखि थाइ नागरिकसम्मको यात्राको सन्दर्भ पनि पुस्तकमा समावेश गरिएको छ । पिलोकमा लामो समय बिताएका बूढापाका र अनुभवी मानिसहरू, थाइ नागरिकहरू, थाइ सरकार र सुरक्षा अङ्गमा रहेर काम गरेका करीब दुई सयभन्दा बढी स्रोत व्यक्तिहरूसँगको कुराकानी र थाइल्याण्डमा भएको नेपालीहरूको आप्रवासानका ऐतिहासिक दस्तावेजहरूको अध्ययनपछि यो पुस्तक तयार गरिएको समारोहमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १० : ०९ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्