कर्णाली प्रदेशः निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस | Khabarhub Khabarhub

कर्णाली प्रदेशः निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –कर्णाली प्रदेशको निजामती सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आज बसेको प्रदेशसभा बैठकमा विधेयक पेस गरेका हुन् ।

प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए । ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सरकारको तर्फबाट संसद्मा आफ्ना धारणा राख्दै उनले समाज रुपान्तरणका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रदेशमा विपद्का घटना भइरहेको भन्दै उहाँले सम्भावित घटना हुन नदिन विपद्मा विभिन्न कदम चालिएको बताए । विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरेका छौँ । उनले भने, “हाम्रो क्षमता र जनशक्तिलाई जतिसक्यो परिचालन गरी विपद्बाट हुनसक्ने घटना न्यूनीकरण गर्न सरकार प्रतिबद्ध छ । हामीले स्थानीय सरकारसँग समेत सहकार्य गरेर अगाडि बढ्ने भनेका छौँ ।”

मुख्यमन्त्री शर्माले सुर्खेत विमानस्थल वरपरको डुबान हुन नदिन तत्काल पहल लिइँदै आएको बताउँदै विमानस्थल धावनमार्ग विस्तार गर्नसमेत पहल भइरहेको बताए । “सुर्खेत विमानस्थल वरपर डुबान भइरहेको हामीलाई जानकारी छ । त्यसको समाधानका लागि हामी तत्काल पहल गर्छौँ । विमानस्थलको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पनि पहल भइरहेको छ”, उनले भने । यसअघि स्थानीयको विरोधका कारण विमानस्थल विस्तारको निर्णयबाट सरकार पछि हटेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १० : ४२ बजे

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले चैत १५ गते

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला चार हजार रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

 काठमाडौं- अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा

बजेट अभावमा रोकियो गैँडा गणना

 चितवन – हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

 काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव