पारिजातको फूल किन सूर्योदयअघि नै झरिसक्छ ?  « Khabarhub

पारिजातको फूल किन सूर्योदयअघि नै झरिसक्छ ? 


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57.4k
Shares
  • change font
  • change font
  • change font

पारिजातको फूल हामी सबैले देखेका छौँ । पारिजातको फूल महिलाले नाकमा लगाउने फुली जस्तै देखिन्छ । यो चाँदी जस्तै सेतो हुन्छ भने यसको नली सुन्तला रङ्गमा अलि पहेँलोपहेँलो हुन्छ । पारिजात एक यस्तो फूल हो जुन झरेपछि मात्र चढाउन योग्य मानिन्छ ।

पारिजातको पौराणिक कथा अनुसार एकजना पारिजात नाम गरेकी राजकुमारी थिइन् । उनको उमेर बढ्दै जाँदा युवा अवस्थामा सूर्यसँग एकतर्फी प्रेम बसेछ ।

जसका कारण  एकदिन उनले हिम्मतका साथ सूर्यलाई आफ्नो मनको कुरा खोल्दै प्रेम प्रस्ताव राखिछन् । तर, उनको प्रेम प्रस्ताव सूर्यले अस्वीकार गरिदिएछन् ।

प्रेम प्रस्ताव अस्वीकार भएको चोट सहन नसकेर राजकुमारीले आत्महत्या गरिछिन् र उनको दाहसंस्कार भयो ।

राजकुमारीको दाहसंस्कार गरेको ठाउँमा एउटा वनस्पति पैदा भयो । जसको नाम पारिजात कहलिन पुग्यो ।

यो फुल रातमा फुल्छ, तर बिहान सूर्योदय हुनुअगाडि नै झरिसक्छ । जसलाई अहिले पारिजातले सूर्यलाई हेला गरेको भनेर पनि अनुमान गरिन्छ ।

पारिजातको फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएको शास्त्रहरूमा भेटिन्छ ।

अनेक देवदेवीको प्रिय यो फूल बोटबाट टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास रहँदै आएको छ । भगवानको प्रिय यो फूललाई पवित्र मानिन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ०८ बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र