थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा « Khabarhub

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम नेपालका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रूपमा लिइने अटवारी पर्व थारू समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।

भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्लपक्षको पहिलो आइतवारका दिन यो पर्व मनाइने गरिन्छ । थारू समुदायले आइतवारको दिनलाई अटवार नामले चिन्ने भएकाले यो पर्व आइतवार सुरु भएर सोमवारसम्म मनाउने गरिन्छ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको छ ।

दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन रहिआएको छ ।

अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।

अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : २३ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने