थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा « Khabarhub

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम नेपालका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रूपमा लिइने अटवारी पर्व थारू समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।

भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्लपक्षको पहिलो आइतवारका दिन यो पर्व मनाइने गरिन्छ । थारू समुदायले आइतवारको दिनलाई अटवार नामले चिन्ने भएकाले यो पर्व आइतवार सुरु भएर सोमवारसम्म मनाउने गरिन्छ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको छ ।

दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन रहिआएको छ ।

अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।

अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : २३ बजे

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा