सुनसरीको इनरुवामा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ « Khabarhub

सुनसरीको इनरुवामा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा सुनसरीमा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए ।

यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवका रुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।

विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजारौँ मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताए । यहाँ दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताए ।

इनरुवा–८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेका छन् । उनले तयार भएका मूर्तिमध्ये अधिकांश बिक्री पनि भइसकेका छन् । सुनसरीमा १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिदबिक्री हुने गरेको छ ।

मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए् । यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दनी गर्दै आएका छन् ।

यसरी मूर्तिकारले कामलाई संरक्षण गर्नसके मूर्तिको उचित मूल्य पाउन सकिने भएकाले  सरकारलेसमेत मूर्तिकारलाई समयसमयमा तालिम प्रदान गरी प्रोत्साहन गर्न जरुरी रहेको सरोकारवाला बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  २ : ११ बजे

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने