प्रमुख निर्वाचन आयुक्त थपलियालाई कतारमा सम्मान « Khabarhub

प्रमुख निर्वाचन आयुक्त थपलियालाई कतारमा सम्मान


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दोहा– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई संखुवासभा समाज कतारले सम्मान गरेको छ । संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं ८, रातमाटे पाठकगाउँमा जन्मेका थपलियालाई सम्मान गरिएको हो ।

संखुवासभाको छोरो निर्वाचन आयोगको प्रमुख आयुक्त तथा बौद्धिक व्यक्तित्व थपलियालाई कतार भ्रमण रहेको बेला संखुवासभा समाज कतारले भेटघाट तथा सम्मान गरेको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।

सम्मान कार्यक्रममा बोल्दै उनले आफू २०४० सालदेखि अहिलेसम्म निरन्तर सरकारी सेवामा खटिएको बताए । संखुवासभाका सबै नगरपालिका र गाउँपालिका घुम्ने अवसर पाएको भन्दै उनले आफू सरकारी सेवामा रहदा संखुवासभाको समग्र विकासमा टेवा पु¥याएको बताए ।

आफू विभिन्न देशको भ्रमणमा निस्किएको भन्दै यो पदमा रहेकै बेला विदेशमा बस्ने नेपालीहरुले पनि विदेश बाटै आफ्नो माताधिकारको प्रयोग गर्ने वातावरण बनाउन लागि परेको बताए ।

उनले संखुवासभालीको छोरो भएर जन्मिएकोमा खुशी व्यक्त गर्दै आफूलाई सम्मान गरेकोमा संखुवासभा समाजलाई धन्यवाद दिदै आफू अत्यन्तै हर्षित भएको बताए । अमूल्य समय उपलब्ध गराइदिएकोमा थपलिया र उनकी धर्मपत्नी सविना बस्नेत थपलियालाई समाजले धन्यवाद दिए ।

कार्यक्रमको सहजीकरण समाजका महासचिव पदमप्रसाद सिम्खडाले गरेका थिए भने कार्यक्रममा समाजका अध्यक्ष खनाल, समाजका संरक्षक तथा लालीगुराँस रेस्टुरेन्टका सञ्चालक पर्शुराम दाहाललगायत अन्य पदाअधिकारी उपस्थिति रहेको थियो ।

यस्तै, आइतबार साँझ प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थित कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधिहरु सबैलाई अनुरोध गरेको छ ।

कार्यक्रम आइतबार बेलुकी ६ बजे दोहामा रहेको नेपाली राजदूतावास सभाहलमा हुने एनआरएनए कतारका द्वितीय उपाध्यक्ष तथा संघ संस्था समन्वय संयोजक केशव कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ०३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका