गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जय भण्डारीद्वारा चारै जनाको हत्या गरेको स्वीकार « Khabarhub

गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जय भण्डारीद्वारा चारै जनाको हत्या गरेको स्वीकार


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् ।

भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने उनले कागजमा ‘आई किल्ड फोर पिपुल’ लेखेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । शुक्रबार राति अन्दाजी ११ः५५ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो ।

गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : १२ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु