राष्ट्रपति पौडेलद्वारा स्व. नेम्वाङका परिवारजनमा समवेदना व्यक्त « Khabarhub

राष्ट्रपति पौडेलद्वारा स्व. नेम्वाङका परिवारजनमा समवेदना व्यक्त


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।

परिवारजनलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले नेपालको राजनीति र कानूनी क्षेत्रमा उत्तिकै दख्खल राख्ने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको उल्लेख गरेका छन् ।

“जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रूपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताका रूपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्‍याउन सक्ने एउटा असल नेताको छविको रूपमा पाएको थिएँ”, समवेदना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका सङ्घर्षहरू, संविधान निर्माण  र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उनीसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने उल्लेख गरेका छन् ।

उनले नेम्वाङको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा एमाले र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उनका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकार स्व नेम्वाङको घर पुगरेका थिए भने सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : २२ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल