सरकारले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई राजस्वबाट भगायो : अध्यक्ष ओली | Khabarhub Khabarhub

सरकारले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई राजस्वबाट भगायो : अध्यक्ष ओली


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानीजानी राजस्वबाट भगाएको आरोप लगाएका छन् ।

आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले सुन तस्करलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा कोही पनि फेला पर्न नसकेको तर्क गरे । भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको उनको आरोप छ ।

अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप लगाए । ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृत्रिम मूल्यवृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ०७ बजे

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक