गैह्रीगाउँ हत्याकाण्ड : रिसइबीका कारण हत्या, आरोपी सार्वजनिक | Khabarhub Khabarhub

गैह्रीगाउँ हत्याकाण्ड : रिसइबीका कारण हत्या, आरोपी सार्वजनिक


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीको हात रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्डपछि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।

तिनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्या भएको घटनापछि भण्डारी भागेर पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसँगको रिसिइबीका कारण चार जनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ ।

नवीन राईको हत्या गरेपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई बताउने डरका कारण भण्डारीले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताए । शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र