गैह्रीगाउँ हत्याकाण्ड : रिसइबीका कारण हत्या, आरोपी सार्वजनिक « Khabarhub

गैह्रीगाउँ हत्याकाण्ड : रिसइबीका कारण हत्या, आरोपी सार्वजनिक


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीको हात रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्डपछि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।

तिनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्या भएको घटनापछि भण्डारी भागेर पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसँगको रिसिइबीका कारण चार जनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ ।

नवीन राईको हत्या गरेपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई बताउने डरका कारण भण्डारीले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताए । शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ४० बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत